हाम्रो जनकपुर

जनकपुरधाम, ११ साउन । दलितहरुमाथि हुने विभेदपूर्ण व्यवहारको विरोधमा प्रदेश नं.२ को आठ जिल्लाको सदरमुकाममा दलितहरुले अर्धनग्न प्रदर्शन गरेका छन् । आइतबार राज्यलेसमेत दलितहरुसँग सँधै विभेदपूर्ण व्यवहार गरेको भन्दै जनकपुरमा दलित अगुवाहरुले अर्धनग्न प्रदर्शन गरेका हुन ।

संयुक्त दलित संघर्ष समितिको ब्यानरसहित चन्देस्वर दासको संयोजकत्वमा स्थानीय जनकचोकदेखि सुरु भएको विरोध प्रदर्शन जनकपुरको प्रमुख चोकहरु शिव चोक, भानुचोक, कदम चोक हुंदै जिल्ला प्रशाशन कार्यालय अगाडि पुयाइएको थियो ।

त्यस्तै, जिल्ला प्रशासन कर्यालयबाट पुनः विद्यापति चोक, पूरानो बस पार्क, राम चाक हुँदै जनक चोकमा पुगेर कोनसभामा परिणत भएको थियो । कोनसभालाई सम्बोधन गर्दै दलित अगुवा चन्देस्वर सदाले प्रहरीकै संलग्नतामा मुसहर समुदायका सम्भु सदा र राजू सदाको हत्यारालाई उन्मुक्ति दिन खोजेको आरोप लगाए ।

त्यस्तै, उनले प्रदेश सरकारसमेत दलितहरुको विषयमा मौन रहेको जिकिर गर्दै मृत्यु प्रतिवेदन किन सार्वजनिक नगरेको भन्दै प्रश्न गरेका छन ? कोनसभामा दलित अगुवाहरु पूर्व सांसद रामप्रित पासवान, अगुवा चन्देस्वर सदा, बचु लाल माझी, रामेस्वर महारा र राजाराम मण्डलसहितको उपस्थिति थियो ।

उनीहरुले विभिन्न समयमा दलितहरुको हत्या गरेका हत्याहरुलाई कारवाही नभएसम्म आफूहरुले यस आन्दोलनलाई निरन्तर अगाडि बढाई राख्ने चेतावनी समेत दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय