वीरगंज, १ १ साउन / पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले ४५ किलो गाँजा बरामद गरेको छ । बहुदरमाई नगरपालिका वडा नं.–९ बिश्रामपुरस्थित धनिलाल साह कलवारको घरमा शनिबार छापा मारेर प्रहरीले गाँजा बरामद गरेको हो ।

यसअघि साउन ७ गते पाँच किलो गाँजासहित पक्राउ परेका सोही ठाउँका ४५ वर्षीय शम्भु साह कलवार र २२ वर्षीय अनिलकुमार कलवारको अनुसन्धानका क्रममा थप गाँजा बरामद भएको हो ।

गाँजासहित दुबै जनालाई पक्राउ गरी ल्याउने क्रममा प्रहरी र स्थानियहरु बिच झडपसमेत भएको थियो । गाँजा तस्करीमा संलग्न ३ जना मध्ये २ जना पक्राउ परेको र १ जना धनिलाल साह कलवार फरार रहेकोले प्रकाउ गर्न उसको घरमा प्रहरी पुग्दा उनीसहित घरका सबै मान्छे फरार भएको प्रहरीले जनाएको छ ।

धनिलाल कलवारको घरमा कोई नभएको अवस्थामा ४५ किलो गाँजा बराम्मद भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय