हाम्रो जनकपुर

पर्सा । वीरगंज महानगरपालिका क्षेत्रमा आज बिहान ५ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गर्दै महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

पालिका क्षेत्रभित्रका सम्पूर्ण पसल र उद्योग व्यवसाय बन्द गराईनुका साथै वीरगञ्जमा अन्य जिल्लाबाट (विशेषगरी भारतबाट) आउन पूर्णप्रतिबन्ध लगाइएको छ ।

वीरगंजमा समुदायस्तरमा संक्रमण फैलिएको चर्चा सुरु भएलगत्तै निषेधाज्ञा लगाइएको र सो समयमा मास ट्रेस्टिङको काम पनि अघि बढाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय