३ साउन, महोत्तरी । हाम्रो जनकपुर
महोत्तरीको जलेश्वर कारागारमा एक महिला कैदीको मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेकी सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४ की रेशा खातुन भन्ने नुर जहाँ खातुनको मृत्यु भएको हो । जलेश्वर कारागार प्रशासनका अनुसार दुई सातादेखि बिरामी परेकी खातुनको अवस्था गम्भीर भएपछि गत बिहीबार जलेश्वर जिल्ला अस्पतालमा भर्ना गरिएकोमा राति करिब २ बजेतिर उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

कारागारका जेलर मकसुदन महासेठले दुई हप्तादेखि खातुनलाई टाउको दुख्दै आएको बताए । उनले भने, ‘औषधी प्रयोग गरेपछि अचानक बिहीबार उनको अवस्था नाजुक भयो र अस्पताल भर्ना गरेका हौं ।

उपचारकै क्रममा राति २ बजेतिर उनको मृत्यु भएको जेलर महासेठले पुष्टि गरेका छन् । खातुन कर्तव्य ज्यान मुद्दामा गत मंसिर १९ गतेदेखि सजाय भोग्दै आएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय