राम प्रघट कोरी
जेष्ठ ३० – विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकामा फेला परेका १ सय ४० वर्ष पुराना सिक्का पैसा कपिलवस्तु सङ्ग्राहलय तिलौराकोटलाई हस्तान्तरण गरिएको छ । मंगलवार कपिलवस्तु सङ्ग्रहालय तिलौराकोटका कर्मचारी शंकर धिताललाई इलाका प्रहरी कार्यालय गणेशपुरले हस्तान्तरण गरेको हो ।


गाउँपालिकाको वडा नं. ७ ढोढरी गाउँदेखि मानपुर जाने बाटो स्तरउन्नतिका लागि जेसीबीले खन्ने क्रममा माटोको भुडकीमा राखिएको ५२ थान चाँदीका मुद्रा र एक थान सुनको जस्तो देखिने पहेँलो धातुको मुद्रा सङ्ग्रहालयलाई बुझाइएको प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभएको छ ।


उक्त सिक्का पैसा गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा र प्रहरी निरिक्षक मधु नेपालको संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
ती सिक्काहरु सन् १८६० तिरका भारतमा ब्रिटिस शासन रहँदाको बेलाको भएको बताइएको छ ।
गएको जेष्ठ २० गते बाटो खन्ने क्रममा स्थानीय ढोढरी निवासी सन्त कुमार कुर्मी (लालमन)को जग्गामा पैसा फेला परेको थियो ।
.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय