सत्येन्द्र प्रताप सिंह, रौतहट ३० अषाढ।

प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले अविरल वर्षासँगै बागमति नदिमा आएको बाढीले गृह जिल्ला रौतहटको राजदेवी नगरपालिका ४ बस्तपुरमा कटान गरिरहेको बाँधको ठोक्करको तुरुन्त मर्मत सम्भार गर्न प्रदेश सरकारसँग पहल गर्ने बताउनुभएको छ ।

राज्य मन्त्री यादवले क्षतिग्रस्त ठोक्करलाई थप क्षति हुनबाट जोगाउन आफु कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ ।

रौतहट निर्वाचन क्षेत्र नं १ को ख बाट प्रदेश सांसदमा निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका कृषि राज्य मन्त्री योगेन्द्र यादवले बागमति नदिले कटान गरिरहेको राजदेवी नगरपालिका ४ को बाँधको आज अनुगमन निरीक्षण गर्नुभएको छ ।

बगमति नदिको बाढीले राजदेवी नगरपालिकाको बस्तपुर घाट स्थित ठोक्कर तिव्र गतिमा कटान गरिरहेको खबर पाउन साथ राज्य मन्त्री यादवले हिजो मात्रै जनकपुरबाट रौतहट आएका थिए ।

उक्त क्षतिग्रस्त बाँधको ठोक्करको आज विहानै अनुगमन गर्दै राज्य मन्त्री यादवले क्षतिग्रस्त ठोक्करलाई थप कटान हुनबाट रोक्न आफुले अविलम्ब प्रदेश सरकारसँग पहल गर्ने र तुरुन्त त्यसलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका हुन ।

उक्त कटानलाई समयमै निणन्त्रण गर्न सकिएन भने स्थिती भयावह बन्न सक्ने भन्दै राज्य मन्त्री यादवले समयमै क्षति ग्रस्त ठोक्करलाई मर्मत सम्भार गरी मजबुत बनाउने कार्यमा सबैलाई सहयोग गर्न अपिल गरेका हुन ।

राज्य मन्त्री यादवले उक्त ठोक्करको कटानलाई अविलम्ब नियन्त्रण गरी थप क्षति हुनबाट जोगाउन नदी नियन्त्रण कार्यालय, जिल्ला विपद व्यवस्थापन समिति र राजदेवी नगरपालिकालाई निर्देशन समेत दिनुभएको छ ।

अविरल वर्षासँगै गएको चार दिन अघि बागमति नदीमा आएको पानीको जलस्तर अहिले घटदै गएपनि राजदेवी नगरपालिका ४ मा बाँधलाई सुरक्षित राख्न बनाईएको ठोक्करलाई तिव्र गतिमा कटान गरिरहेको छ ।

समयमै उक्त कटानलाई नियन्त्रण गरिएन भने बागमति नदीको बाढीबाट राजदेवी र गौर नगरपालिकाको पुरै भाग डुवानमा पर्ने खतरा रहेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय