वीरगंज २ ७ असार- युवाहरुलाई लक्षित गर्दै नमुना युवा सांसद स्थापना र अभ्यास कार्यक्रमको आज दोश्रो दिन युवा माननीयद्धारा सपथग्रहण कार्यक्रम गराएका छन ।

पर्सेली युवाहरुलाई लक्षित गर्दै विरगंज महानगरपालिका स्तरीय ३ दिने नमुना युवा सांसद स्थापना र अभ्यास कार्यक्रमको आज दोश्रो दिन सांसद भेला सम्पन्न भएको छ ।

रोष्ट्र भित्र प्रदेश सांसद ओमप्रकास शर्मा ले युवा माननियहरु लाई पार्लियामेन्टमा हुने विभिन्न गतिविधिबारे जानकारी गराएका थिए । त्यसै गरी संघिय प्रादेशीक र स्थानीय सरकारको गठन तथा कार्य जिम्मेवारी संसद वा कानुनी व्यक्तित्व हुनु पर्ने यसका लागि नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ आवश्यक हुने व्यवस्थापीका र कार्यपालिका बिचको अन्तरसम्बन्ध अधिवक्ताहरु मध्येबाट हुने विषयमा प्रशिक्षणको क्रममा युवा माननीय ज्युहरुलाई सिकाईने बताए ।

सोहाना मिश्राको अध्यक्ष्तामा भएको होटल विरगंज दरबारमा सञ्चालीत ३ दिने नमुना युवा सांसद अभ्यास कार्यक्रममा युवा पिढिलाई लक्षित गर्दै भई रहेको नमुना युवा सांसद अभ्यास कार्यक्रममा युवाहरुको क्षमता विकासको साथसाथै देश विदेशमा जान्दा सांसद भवन लगायत कुनै पनि राजनीती स्तरमा नेपालको बारेमा बहस गर्दा यो प्रशिक्षणले निक्कै सहयोग पुरयाउने युवा नेता सन्तोष गुप्ताको भनाई रहेको छ । ३ दिने सांसद अभ्यास कार्यक्रममा युवा नेता सन्तोष गुप्ता, नेपाल टेलिभिजन पर्सा प्रतिनिधी नेहाल खान, रक्की प्रसाद साह, ईश्वर प्रसाद साह रहनु भएको थियो ।

त्यसै गरी युवा माननीयहरुमा नफिसा खान, नबिदा खान, सुमिता सिंह, निशा गुप्ता, रेखा कुमारी महतो, विवेक श्रीवास्तव, रितिक श्रीवास्तव, रानी गुप्ता लगायत ४० जना युवा माननीयहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम सञ्चालन विरगंज महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सन्तोष गुप्ता, रक्की प्रसाद साह र राहुल साहले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय