रौतहट १९ असार// नमुना विकास लागी छनौटमा परेका रौतहटका तीन वटा बिधालयले गुरुयोजना तथा प्रधानाध्यापकको नियुक्तीको विवरण पेश नगर्दा रकम निकासा हुन सकेको छैन ।


शिक्षा तथा मानव स्रोत केन्द्र बिकास केन्द्र विधालय शिक्षा मापदण्ड निर्धारण शाखाका अनुसार विवरण पेश नगर्ने विधालयहरुमा मौलापुर नगरपालिकाका ८ मा रहेको जनता माध्यमिक विधालय ले गुरुयोजना पेश नगरेको , राजदेवी नपा ७ मा रहेको नेमधारी बासुदेव नमुना बिधालय मुडवलवा र चन्द्रपुर नगरपालिका ६ मा रहेको जनज्योति माध्यमिक विधालयले प्रधानाध्यापक नियुक्तीको बिवरण पेश गर्न पत्राचार गरेको छ ।

मुडवलवामा रहेको नेमधारी बासुदेव माध्यमिक विधालय लाइ शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले २०७६ चैत्र ७ गते सम्ममा विवरण पेशगर्न पत्र पठाएको छ ।नमुना विधालय सुधार गुरुयोजना अनुरुप भौतिक निर्माण अनुदान रकम निकासा माग गर्दा नगरपालिकाले माग गरिएको कागजात पेश नगराए सम्म रकम निकासा दिन नमिल्ने अडान पछि रकम निकासा रोकिएको छ ।विधालयले एक करोड ५० लाख रुपैया माग गरेको राजदेवी नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृत संजय कुमार पाण्डेले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय