वीरगंज १८ असार – संबिधान सभाका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी पर्साका नेता राजकुमार गुप्ताले नागरिकता बिधेयकमा बैबाहिक अंगीकृतको सवालमा गरिएको ब्यबस्था राष्ट्रहितको पक्षमा भएको बताउनु भयो।

त्यसैगरि नेता गुप्ताले आम नेपाली जनताको हितमा काम गरेको सरकारलाई जसरी भएपनि अप्ठेरोमा पार्नुपर्छ भनेर कम्युनिष्ट बिरोधी देशी बिदेशी शक्तिहरु एक भएर समाजमा भ्रम छरेको आरोप समेत लगाउनु भएको छ ।

उहाँले कोरोना भाइरसका माहामारी नियन्त्रणमा सबै शक्ति लाग्नुपर्ने बेलामा समाजलाई भ्रमित तुल्याउन आन्दोलनको राप अलापिएको आरोप समेत लगाउनु भयो । नागरिक्ता विधेयक बास्तविक मधेशीको हितमा रहेको तर्क दिंदै नेकपा नेता गुप्ताले मधेशी जनतालाई अल्पमत पार्न खोज्ने नव नागरिकहरुले नागरिक्ताबारे कुतर्क गरेर जनतामा भ्रम छरिरहेको बताउनु भएको छ । कुनै पनि बिदेशी महिलालाई बिबाह गरेर ल्याउने बित्तिकै एक हातले सिंदुर र अर्को हातले नागरिकता दिने परम्परा विश्वको अर्को कुनै पनि मुलुक छ भने उदाहरण पेस गर्न चुनौती दिंदै नेता गुप्ताले मधेशको आर्थिक संस्कृतिक, राजनीतिक र सांस्कृतिक पक्षमा नवआगन्तुकहरूको हस्ताक्षेप भइरहेको औल्याउनु भएको छ । उहाँले मधेश र मेधेशी जनताको लागि कम्युनिष्ट नेतृत्वको ओली सरकारले सबै क्षेत्रको समान बिकासको अवधारणा अघि सारेको र मधेश तराईको बिकासको सूत्रधार बनेको ठोकुवा समेत गर्नुभयो ।

नेता गुप्ताले प्रदेश २ प्रदेश सरकार र अधिकांस स्थानीय सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको आरोप लगाउदै ईतिहाँसमै सबै भन्दा बढि दृढ र राष्ट्रियताको पहरेदार ओली नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने ठोकुवा गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय