वीरगंज १७ असार – ब्यवस्थित बीरगंज अभियान अन्तर्गत बिरगंजको पावर हाउस चोकदेखी रजत जयन्ती चोक सम्म ,घण्टाघरदेखी बसपार्क सम्मको लिंकरोड र माइस्थानको बजार क्षेत्रलाई ब्यवस्थित बनाइने अभियानमा तिब्रता आएको छ ।

अभियान अन्तर्गत नै ट्राफिक अनुशासन कायम राख्न तथा ट्राफिक व्यवस्थापनमा सहज बनाउन घण्टाघर क्षेत्रको मुख्य सडकमा बुधबार सडकमा डिभाइडर राखिएको छ । डिभाइडरले लेन अनुशासन कायम राख्ने बिश्वास गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कमलराज पन्डितले बताए ।

हिलटेक कम्पनीले निर्माण गरेको सडक डिभाइडरको ब्यवस्थापन बीरगंज महानगरपालिकाले गरेको हो । अहिले ४० वटा डिभाइडर आइसकेको छ निकट भविष्यमा थप डिभाइडर ल्याइने बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो ।

हिलटेक कम्पनीले बनाएको डिभाइडरमा एउटमा १ सय लिटर पानी राख्न मिल्छ । पानी हाल्दा प्लास्टिकको डिभाइडर गरुङगो हुन्छ जसले डिभाइडरलाई अयन्त्र सार्न वा लैजान गार्हो हुन्छ । महानगर प्रमुख सरावगीले दमकलबाट डिभाइडरमा पानी भरेर यो अभियानको शुरुवात गर्नु भएको थियो ।

त्यस्तै घण्टाघरको दक्षीण तर्फ देब्रे साइडमा मोटरसाइकल तथा अन्य सवारी साधनको पार्किङ निषेध गरिएको छ । सवारी साधन पार्किङ नहोस भन्नकालागि सिक्री लगाईएको छ ।

वीरगञ्जको घण्टाघर देखि माईस्थान सम्मको सडकखण्डलाइ नो पार्किङ्ग बनाइएको छ । उक्त सडकखण्डमा छेकबार लगाई पार्किङ्ग निषेध गरिएको हो । बीरगंजको मूख्य सडक पार्किङ मुक्त बनाउने गरि अभियानलाई अगाडि बढाइएको छ ।

अभियानको शुभारम्भ गर्दै नगर प्रमुख सरावगीले सहरलाई ब्यबस्थित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय , ट्राफिक प्रहरी र सामाजिक संघ संस्थाले चालेको कदमलाई सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा पर्साकी प्रहरी प्रमुख गंगा पन्तले सबैले आआफ्नो जिम्मेवारी बोध गर्ने हो भने वीरगञ्जलाइ व्यवस्थित बनाउन धेरै समय नलाग्ने बताउनु भयो ।

उहाँले बानीमा परिर्वतन ल्याउन कठिन भएपनि सकिने बिश्वास ब्यक्त गर्दै सकारात्मक रुपमा सोच्ने र हेरिनु पर्नेमा जोड दिनु भयो । बिरोध र आलोचना भइरहन्छन तर काम गर्न भने छोड्नु हुदैन उहाले भन्नु भयो “ बीरगंजलाई राम्रो ब्यवस्थित र सभ्य बनाउने हो भने त्यसको अगुवाई बीरगंजबासीले नै गर्नु पर्ने धारणा राख्नु भयो ।

ब्यवस्थित बीरगंज अभियान अन्तर्गत बिरगंजको गहवामाई मन्दिर अगाडि ठेला राखेर फलफूल बेच्न नपाउने ब्यवस्था मिलाइएको छ । मिना बजारमा पसलहरुमा सटर भन्दा अगाडि सामानहरु राखेर बेच्न नपाइने गरि ब्यवस्था मिलाइएको व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिपराज कार्कीले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय