वीरगञ्ज १८ असार : आज बिहान खेतमा रोपाई गरिरहेको बेला एक्कासी बारामा चटयांग खस्दा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन । बाराको फेटा गाउँपालिका वडानं। १ मा चटयांग लागेर २ जना महिलाको मृत्यु भएको हो । बिहान साँढे छ बजेको समयमा रोपाइ गर्न खेतमा गएका महिलाको समुहमा चटयांग परेको थियो । मृत्यु हनेमा फेटा गाउँपालिका वडानं। १ का ३० बर्षीय टेन्डु देवी महतो र सोहि गाउँकी ४० बर्षीय सोनरपति देवी महतो रहेका छन भने कलैया उपमहानगर पालिका वडा नं। १२ सितलपुरका ४५ बर्षीय हलिमा खातुन र आशा देवी महतो रहेको बारा प्रहरीले जनाएको छ । घटनामा अर्को ७ जना घाइते भएको मध्य १ जनाको आवस्थ गम्भिर रहेको बारा जिल्लाका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जनाए । हाल घाइतेहरुको बीरगंज स्थित अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय