वीरगंज १७ असार – स्रोत नखुलेको नेपाली रुपैया सहित एकजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट भिखमपुरबाट खटिएकाे प्रहरी टाेलीले जगरनापुर गाउँपालिकाकाे वडा नं. २ दसाैताबाट स्राेत नखुलेकाे रु २ लाखसहित एक युवकलाई पक्राउ गरेको हाे।

भारतबाट ना २ प ९४३१ नम्बरकाे मोटरसाइकमा नेपालतर्फ आउँदै गरेको धोबिनी गाउँपालिका वडा नं. १ पिपरा बस्ने बर्ष २० को जय प्रकाश पटेललाई पक्राउ गरिएकाे सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट भिखमपुरका प्रहरी निरिक्षक किशमान तमाङ्गले वताए ।

स्राेत नखुलेकाे रु ५० काे नाेट ४ हजार वटा सहित निजलाई नियन्त्रणमा लिएकाे उनले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय