वीरगंज १५ असार – पर्सा प्रहरीले कच्चा पदार्थ २४ सय लिटर मदिरा नष्ट गरेको छ /

प्रहरी चौकी मिर्जापुर पर्साबाट आइतबार खटिएको प्रहरी टोलीले जिल्ला पर्सा छिपहरमई गाँउपालिका वडा नं.१ स्थितमा ऐ.ऐ.बस्ने कारिक साहले अवैध रुपमा संचालन गरेको मदिरा भट्टीबाट कच्चा पदार्थ ६०० लिटर, मदिरा बनाउन प्रयोग गरिने भाडाबर्तन समेत नियन्त्रणमा लिई स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको थियो /

त्यसै गरी प्रहरी चौकी अमरपट्टी पर्साबाट आइतबार खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बिन्दवासिनी गाँउपालिका वडा नं.४ अमरपट्टी दश गंजा स्थितमा ऐ.ऐ.बस्ने जिउत पटेल ,देश भारत जिल्ला मोतिहारी बस्ने मुन्ना यादव र ऐ.ऐ.बस्ने राजकुमार यादवले अवैध रुपमा संचालन गरेको मदिरा भट्टीबाट कच्चा पदार्थ अं.१८०० लिटर, मदिरा बनाउन प्रयोग गरिने मेसिन १ थान, ड्रम ८ थान, चुल्लो ४ थान र ग्यास भट्टी ठुलो चुल्लो १ थान र ग्यास सिलिन्डर १ थान समेत नियन्त्रणमा लिई स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ /

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय