बस्ने, सुत्नेसँगै खानाको समेत समस्या भएको भन्दै आजित भएर आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।

जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लाको सबैला अहिले तनावग्रस्त बनेको छ । क्वारेन्टाइनमा रहेकाहरुले आन्दोलन चर्काएपछि अवस्था तनावग्रस्त बनेको छ ।सबैला नगरपालिकाका मेयर विजय शंकर प्रसाद साहको विरुद्धमा नारावाजी गर्दै उनीहरुले सडक जाम गरेका छन् । यतिको दिनदेखि क्वारेन्टाइनमा बसेपनि अहिलेसम्म स्वाब टेष्टको रिपोर्ट नआएको भन्दै उनीहरु क्वारेन्टाइनबाट बाहिर निस्केर आन्दोलन चर्काएका छन् ।

भिडियो हेर्नुहोस

सो क्रममा सबैला बजार जाने ठिल्ला स्थित रहेको सरस्वति माविको क्वारेन्टाइनमा रहेकाहरुले त्यहाँको सडकमा आगो बालेर सडक जाम गरेका छन् ।उनीहरुले आफूहरुलाई खाना, बस्ने सुविधा समेत नदिएको भन्दै आजित भएर आन्दोलन गर्न बाध्य भएको क्वारेन्टाइनमा बस्ने एक युवकले नाम नखोल्ने शर्तमा बताए ।उनीहरुले क्वारेन्टाइनमा आएको एक महिना वितिसक्दा पनि नगरपालिकाका जनप्रतिनीधिले चेकजाँच सहित क्वारेन्टाइन व्यवस्थापनको लागि कुनै चासो नलिएको भन्दै आन्दोलनमा उत्रेका छन् ।सडक जाम गरेपछि केही बेरमा ईलाका प्रहरी कार्यालय सबैलाबाट प्रहरीको टोली त्यहाँ पुगेर सडक खोलाएका छन् । उनीहरुले क्वारेन्टाइनमा राम्ररी बस्ने, सुत्नेसँगै खानाको समेत समस्या भएको भन्दै आजित भएर आन्दोलन गर्न बाध्य भएको बताएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय