वीरगंज १० असार – जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी ईनर्वा पर्साबाट मंगलबार खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बी.म.न.पा.वडा नं.२ ईदगाहचोक स्थित भारतको रक्सौलतर्फ बाट बीरगंज तर्फ आउदै गरेको ना.५० प १२३४ नं.को मो.सा.मा १ कार्टुन अ.रु. ४,५१,६००।–बराबरको अवैध औषधी सहित चालक पक्राउ / पक्राउ पर्ने व्यक्ति जिल्ला धादिङ नौबिसे घर भई हाल जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१६ मा डेरा गरी बस्ने चन्क बहादुर क्षेत्रीको छोरा वर्ष २८ को कमल क्षेत्री र सोही मोटरसाईकलको पछाडी सवार जिल्ला बाजुरा स्वामी कार्तिक गा.पा.वडा नं. ९ घर भई हाल जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं. १६ मा डेरा गरी बस्ने रुप नाथको छोरा वर्ष ३२ को महेन्द्र नाथलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी औषधी व्यवस्था बिभाग कार्यालय, बीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ /

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय