वीरगंज ९ असार – जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.६ हाल जिल्ला पर्सा बी.म.न.पा. वडा नं.१३ बस्ने मिरा कुमारी के.सी.ले राष्ट्रिय वाणिज्य बैंक आदर्शनगर शाखा कार्यालय बीरगंजमा खाता खोली संचालन गर्दै आएको तर एम-बैंकिंग र ई-बैंकिंग सेवा नलिएको र मिति २०७७।१०।०७ गते अपरिचित व्यक्तीले किर्ते सही गरी ९८२९२४३५६० नम्बरबाट निज मिरा कुमारी के.सी.को नामकै एम – बैंकिंग सेवा सुचारु गरी मिरा के.सी.को खाताबाट पटक पटक गरी अ.रु. ३,०००००।–(तिन लाख) नगद अन्य बैंकको खातामा ट्रान्सफर गरेको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा जिल्ला बारा प्रसौनी गा.पा.वडा नं.१ बस्ने साह जहा अंसारीको छोरा बर्ष २२ को नादिर साहले किर्ते सहि गरी आफनो मोबाईल नं. ९८२९२४३५६० को प्रयोग गरी एम-बैंकिंग सेवा सुचारु गराई मिरा कुमारी के.सी.को खाताबाट निज नादिर साहको खाता रहेको अन्य बैंकहरुमा पटक पटक रकम ट्रान्सफर गरी ठगी गर्दै आएको खुल्न आएको हुदाँ निजलाई नियन्त्रणमा लिई ठगी सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ /

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय