वीरगंज ८ असार – ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगरको आयोजनामा समुदाय प्रहरी साझेदारी अन्तर्गत कोरोना भाईरस कोभिड -१९ सम्बन्धि दिन प्रती दिन संक्रमण बढदै गएको तर सर्वसाधारणहरुको जनजिवन र अति आवस्यक सामाग्री खरिदलाई सहज बनाउने गरि नेपाल सरकारले लकडाउन केहि खुकुलो पारेको अवस्थामा , बजार पुर्ण रुपमा खुल्ला गरिदिएको हुदा बजारमा मानिसहरु उपस्थिति बढदै गएको भिड्भाड नियन्त्रण गरि सामाजिक दुरि कायम बजार व्यवस्थापन गर्ने उदेश्यका साथ सोमबार बिहान सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको पहलमा आदर्शनगरको लोहारपट्टि चौक देखि ग्रिनसिटि चौक सम्मको फुट्पाट तथा पसल , दुकान अगाडि गोला घेरा बनाई सामाजिक दुरि कायम राखी किनमेल गर्ने र दुरि कायम गरि पसल अगाडि बस्ने र बजारमा आउने मानिसहरुमा संक्रमण नबढोस भनी सचेतना मुलक कार्यक्रम गरिएको अध्यक्ष जयप्रकाश खेतानले पर्सा पोस्टलाई जानकारी गराउनु भयो ।

आदर्शनगर स्थित पसलहरुमा समाजिक दुरि कायम गरि पसलले र ग्राहकहरुलाई सचेतना गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक कमलराज पन्डित , वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरु , आदर्शनगर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सुर्य नारायण चौधरी , व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिपराज कार्की , ग्रिनसिटि सामुदायिक सेवाका उपाध्यक्ष सन्जय शर्मा , सचिव मुर्ली जलान , सहसचिव श्रीमति ज्योति रुङ्ग्टा , सामुदायिक सेवाका पदाधिकारीहरु , सन्चारकर्मी सन्तोषमान रन्जितकार जाकिर हुसेन लगायत ३० जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय