वीरगंज ,असार ७ गते – वीरगन्जका स्वतन्त्र युवाहरुले नेपालको झन्डा जलाउने भारतिय मौलाना बिरुद्ध वीरगन्जमा प्रदर्शन गरेका थिए । शनिबार वीरगन्जको घण्टाघरस्थित भेला भएका स्वतन्त्र युवाहरुले नेपाली झण्डा जलाई नेपालीको अपमान गर्ने भारतीय मुस्लिम पार्टीका मौलाना विरुद्ध वीरगन्जमा प्रदर्शन गरेको हो ।

बिरगंजका स्वतन्त्र युवाहरुले प्रदर्शन गर्नुका साथै झन्डा जलाउने र नेपालीको अपमान गर्नेको ,:पोस्टर जलाएर बिरोध प्रदर्शन गरेका थिए ।

जेष्ठ ३२ गते अर्थात १४ जुन २०२० मा भारतको हैदरबादका असदुदीन औबेसीका पार्टी आँल इंडिया मजलिस ए ईत्तेहादुल मुस्लिमीन (ए.आई.एम.आई.एम) का पार्टीका उत्तरप्रदेश प्रतापगढ जिल्लाका अध्यक्ष मौलाना ईसरार अहमदले नेपाली झण्डा जलाई नेपालीको अपमानीत गरेको थियो ।

विरोध जुलुसमा सहभागि युवाहरुले नेपाली झण्डा जलाउँने भारतीय नागरिक मुर्दाबाद, नेपाल भारत सम्बन्ध अमर रहोस्, नेपाली झण्डा जलाउँने मौलानालाई कारवाही गर लगायतको नारा अंकित प्लेकार्ड प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय