वीरगंज ५ असार – लकडाउन अवधी भरको बिधुत महसुल मिनाहको मागं गर्दै नेपाल बिधार्थी संघ पर्साले नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र वीरगंजमा आज ज्ञापन पत्र बुझाएको छ ।बिधुत महसुल मिनाहको मागं गर्दै नेपाल विधार्थी संघ पर्साका उपाध्यक्ष विकेस पटेलको नेतृत्वमा गएको नेवीसंघका युवा टोलीहरुले वीरगंज विद्युत वितरण केन्द्रका प्रमुखलाई भेटी ज्ञापन-पत्र बुझाएका थिए ।

कोभिड -१९ को कारणले २०७६ चैत ११ गते बाट गरिएको लकडाउनको कारण स—साना उद्योगी, व्यापारी वर्ग, तथा दैनिकि ज्यालादारीमा काम गर्ने सर्वसाधारण जनतालाई दिनहु जिवन यापन गर्न समेत समस्या भईरहेको बेलामा नेपाल विद्युत प्राधिकरण ले असुल्दै आएको विजुली शुल्क लकडाउन अवधी भरको लागी छुट गरी किसान, व्यापारी,गद्योगी तथा आम नागरिक माथी सहयोग गरि दिन प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । जनतालाई खान लाउन समेत लकडाउनको कारणले समस्या परेको बेला विजुलीको कडा शुल्क तिर्न अत्यन्तै जटिल समस्या भएको हुनाले हाम्रो मागंलाई तुरुन्तै कार्यन्वयन गर्न गराउन हुन भनि अनुरोध गर्दछौ। नेबि संघ पर्साद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ । यथासिघ्र हाम्रो मागं पुरा नगरिए सडक आन्दोलन समेत गर्न बाध्य हुने नेबि संघ पर्साका उपाध्यक्ष विकेस पटेलले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय