सत्येन्द्र प्रताप सिंह, रौतहट ४ अषाढ।
रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ५ कोपबाका उमेश पासमानले आफ्नो छोरी रिन्कु कुमारी पासमान अपहरणमा परेको तथा अहिलेसम्म जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो जाहेरी दर्ता भएन भने घटनाको बिषयमा नयाँ कुरा प्रकाशमा आएको छ। केही दिन अघि आफु पिडित हो भनी न्यायको गुहार माग्ने उमेश पासमान आफै कलंकित बाबु रहेको सत्य तथ्य प्रकाशमा आएको छ। बितेको जेठ १ गते आफ्नो छोरी रिन्कु कुमारी पासमानलाइ राति १२:३० बजे सुतिरहेको अवस्थामा स्थानीय बासी धरमेन्द्र यादव, रुपनरायण यादव, लक्ष्मी यादव, र रमन यादव जबर्जस्ती बन्दुक देखाएर छोरीलाई अपहरण तथा शरीर बन्धक गरी लगेको घटनालाई लिएर पत्रकार सम्मेलन तथा जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दिने कुरा झुट भ्रामक तथा कपोलकल्पित रहेको, निज उजुरी कर्ता उमेश पासमानको छोरी रिन्कु कुमारी पासमानले आज स्पष्ट गरेकी छिन्।

आफु अपरहण तथा शरीर बन्धकमा न परेको तथा आफ्नै बुवाले पैसाको लागि तिमी फलानोसंग देहव्यापार गर भनी पटक पटक आफुलाइ दबाब दिएको कारण आफु घर छोडि हिडेको र आफ्नो बुबा द्वारा झुटो अपहरण मुद्दामा बिपक्षी बनाइएकाहरु सबै निर्दोष रहेको कुरा म रिन्कु कुमारी पासमान आज प्रेस रिलिज गरी जानकारी गराएको छु।

आफ्नो बुबा द्वारा सुनियोजित ढङ्गले रिणको कारण धरमेन्द्र यादव, रुपनरायण यादव, रमन यादव लगायतका निर्दोष मानिसहरुलाइ फसाउन खोजेको कारणले, घटनाको पारदर्शिता गर्न आज म रिन्कु कुमारी पासमान आफ्नै स्वेच्छाले जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भई आफ्नै बुबा दोषी रहेको कुरा स्पष्ट गरेकी छु। म आफ्नै बुबाको कारण घर बाहिर गएको तथा म माथि कसैले अभद्र व्यवहार तथा शरीर बन्धकी नगरेको कुरा सम्बन्धित निकाय, पत्रकार, नागरिक समाज, मानव अधिकार तथा सरोकारबाला सबैमा म रिन्कु कुमारी पासमान सहर्ष जानकारी गराएकी छु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय