बिरगंज , असार ०१ गते सोमबार ।

डाईभिङ्ग स्कुल संघ प्रदेश न.२ ले लकडाउन अवधिभरिको सवारी र लाईसेन्समा लाग्ने करको जरिवाना नलिन नारायणी यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुख सुशील साहलाई सोमबार ध्यानाकर्षण गराएको थियो ।

ड्राइभिङ्ग स्कुल संघ नेपाल प्रदेश नं २ का अध्यक्ष अकलेश साहको नेतृत्वमा गएको टोलिले सवारी र लाईसेन्स करको जरिवाना पुनः रूपमा लकडाउन खुले पछि ३०-३५ दिन भित्र कर बुझाउन जादा कुनै किसिमको जरिवाना नलगाउन समेत भनियो , यदि यस्तो नभएको खण्डमा ड्राइभिङ्ग स्कुल संघ नेपाल प्रदेश नं २ का अध्यक्ष साहले कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिनु भएको छ , नारायणी यातायातका कार्यलय प्रमुख सुशील साह ज्युले संघको गुनासो सुनेपछि प्रदेश २ का मन्त्रालयका सचिवसंग कुरा गर्ने आश्वासन दिनु भएको थियो । सो कार्यक्रममा ड्राइभिङ्ग स्कुल संघका प्रदेश उपाध्यक्ष गौरव क्षेत्रि, प्रदेश सल्लाहकार बिमल अधिकारी, प्रदेश सदस्य दिपक श्रेष्ठ , कृष्ण तामाङ , ओबिसीका जिल्ला उपाध्यक्ष रामकुमार पटेलको सहभागी रहेको अध्यक्ष साहले जानकारी गराउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय