वीरगंज ३२ जेष्ठ।
बारा जिल्लाको विभिन्न नाकाबाट ब्यापक रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।

बाराको मुशहरवा, बलिरामपुर, छातवा बरैनिया नाका, मटिअार्वा नाका बाट दैनिक लाखौं रुपैयाको तस्करी भईरहेको छ।
तस्करले दिन रात उक्त नाका बाट दैनिक रुपमा सुर्ती मरिच, छोहडा, राजनिवास्, पानमसाला लागाएतको सामाग्री तस्करी गरिरहेको स्थानीयले बताएका छन्।

पर्सा जिल्लका नामुदत तस्करहरु सुरेन्द्र,राजाभोला,राकेश लगाएतहरुले अहिले बारा जिल्लाको विभिन्न नाका बाट द्वयप्रहरीको मिलोमतोमा तस्करी गरिरहेको छन ।

द्वय प्रहरीले लकडाउन अवधि सम्म प्रति तस्कर सँग ३ लाख देखि पाँच लाख सम्म रकम लिई तस्करी गराइरहेको प्रहरी स्रोतले जनाएका छन् । द्वय प्रहरीको सेटिङमा रातिको समयमा भईरहेको तस्करी संगको मिलोमतोमा तस्करी गरिरहेका तस्करको गाडी अवाजले स्थानीयहरु रातभरि सुत्न नपाईरहेको स्थानीयले गुनासो जताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय