रंजित चौरसिया, वीरगंज ३० जेष्ठ।
वीरगंज महानगरपालिका वडा नं १६ मा रहेको एक कार्यक्रम बीच चौकको नामाकरण गरिएको छ।
सो चौकको नाम सुनरस चौक नामाकरण गरिएको चौरसिया बरई सेवा समिति पर्साका उपाध्यक्ष तथा समाजसेवी शम्भु प्रसाद चौरसियाले बताए।
वीरगंज महानगरपालिका वडा नं १६ का नगवा चोक देखि दक्षिण वैशणौ देवी मन्दिर उत्तर विर्ता माई मन्दिर जाने बाटो देखी पूर्व र नगवा गाउँ जाने बाटो देखी पश्चिम जाने बाटो यति चार किल्ला भित्र पर्ने बाइपास मुल सडक को चौकलाई सुनरस चौक नामाकरण गरिएको छ।


उक्त सुनरस चौक को नामाकरण वीरगंज महानगरपालिका वडा नं १६ बस्ने १०४ वर्षिय वृद्धा जसोदिया चौरसिया ले पुजा पाठ गरी नामाकरण गरिएको थियो।सो नामाकरण कार्यक्रममा भद्र भलादमी, संचारकर्मीमा रंजित चौरसिया, श्रवन साह,अखिलेश साह,अजित भुजेल र जागिर हुसैन, स्थानीय टोल बासिन्दाहरु लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय