धर्मेन्द्र प्रसाद यादव – भिस्वा २२ जेठ
पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड नं ४ बंजारी बाट अाज बिहान सशस्त्र प्रहरी बल बोर्डर अाउट पोष्ट भिस्वा बंजारीले मोटरसाइकल को ट्यांकी मा रहेको ठूलो परिमाण मा नेपाली नोट समेत एक युवक लाई पक्राउ गरेको छ।

छिपहरमाई गाउँपालिका को भिस्वा बाट बहुदरमाई नगरपालिकाको भौराटार लेजादै गरेको ना४३प २८०२ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा ट्यांकी बाट २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वा बंजारीका सशस्त्र प्रहरी निरीक्षक हरिकुमार पराजुलीका को कमाण्डमा रहेको टोली ले पक्राउ गरेकोछ।सशस्त्र प्रहरी निरिक्षक पराजुली का अनुसार संका को अधारमा बिहान ९/३० बजेको समयमा चेकजाँच गर्दा मोटरसाइकल को फलास ट्यांकी मा लुकाई छिपाई २२ लाख ४८ हजार नगद बरामद भएको छ।

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वार्डनं ५ भौराटार निवासी २० वर्षीय मोटरसाइकल चालक प्रकाश कुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पराजुलीले जनाएका छन। बरामद रकम को स्रोत नखुलेको सशस्त्र प्रहरी निरिक्षक पराजुली ले जनाए ।बरामद भएको नेपाली रुपैया हजार को २४८ थान पाँच सय को ३२सय थान ,सय को ३हजार थान, पचास को २ हजार थान नोट हरु बरामद भएका छन ।बरामद भएका मोटरसाइकल ,नगदी रुपैया ,र पक्राउ परेका साह लाई जिल्ला प्रहरी कार्यालय पर्सा मा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवर ले जनाएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय