जनकपुरधाम, जेठ ३ : प्रदेश २ को सिरहामा पनि संक्रमण भेटिएको छ । यससंगै नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।प्रदेश २ को आठ जिल्ला मध्ये संक्रमणवाट अहिले सम्मे बाँचेको सिरहामा पनि संक्रमण भेटिएपछि प्रदेश २ को आठवटै जिल्ला संक्रमणको चपेटामा परेको छ । सिरहाको सखुवा–१९ बस्ने ३० वर्षिय पुरुषमा संक्रमण भेटिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय