जनकपुरधाम, वैशाख २६ गते ।

सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेको नेपाल विद्युत प्राधिकरण, जनकपुर वितरण केन्द्रको विद्युत महशुल संकलन काउण्टर खुल्ने भएको छ ।

यही बैशाख २८ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म महशुल काउण्टर खुल्ला रहने जनकपुर वितरण केन्द्रका लेखा प्रमुख राजेश झाले जानकारी दिए । गएको चैत ११ गतेदेखि जारी लकडाउनका कारण ग्राहकले समयमा महशुल भुक्तानी गर्न सकेका छैनन् । सरकारले घर बाहिर नजानको लागि भनेपछि महशुल बुझाउनको लागि ग्राहक वितरण केन्द्रसम्म पुग्न सकेको थिएन् ।

मिटरको अंक टिपेर सरकारले जारी गरेको कोरोना भाइरससम्बन्धि सचेतनाको पालना गरी कार्यालयमा आउन अनुरोध गरेको छ । आउँदो जेठ १ गतेदेखि मिटर रिडिङ कार्य नियमित रुपमा सञ्चालन हुने लेखा प्रमुख झाले बताए । रिडिङमा खटिने कर्मचारीहरुलाई समाजिक दूरी कायम गरेर सहयोग गरिदिन हुन अनुरोध समेत प्रमुख झाले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय