काठमान्डौ : नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल सवार कारको ठ’क्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार बिहान ७ः२५ बजे रविभवनमा भएको दु’र्घटनामा मोरङका २३ वर्षीय युवकको मृत्यु भएको हो ।कलङ्कीबाट कालीमाटीतर्फ आइरहेको नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा सवार बा २१ च ४३४७ नम्बरको कारमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दु’र्घटनामा परी मोरङ बेलबारीका २३ वर्षीय टीकाराज गेलालको मृ’त्यु भएको छ ।

कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा गई कारसँग ठोक्किन पुगेको प्रहरीको भनाइ छ । ती प्रहरीले भने, मोटरसाइकलको गति अत्यन्तै तीब्र रहेको देखिन्छ । रविभवनमा गल्लीबाट एउटा मोटरसाइकल निस्किएपछि त्यो मोटरसाइकललाई छ’लेर अगाडि बढ्दा करिब एकसय मिटर माथि पुगेर लेन क्रस गरी कलंकीतर्फबाट आएको कारलाई ठ’क्कर दिएको देखिन्छ । घा’इते मोटरसाइकल चालकलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्याएपनि उनको उपचारको क्रममा मृत्यु भएको छ ।

टंकेश्वर बस्ने मोटरसाइकल चालकले कुखुराको मासु विक्री वितरणको काम गर्ने गरेको र कतै मासु पुर्याउन हिँडेको हुनसक्ने प्रहरीले जनाएको छ ।दुर्घटनापछि सडकभर मासु छरिएको थियो । दुर्घटना भएको कारको चालक स्युचाटार बस्ने कर्नेल शेखर जबरा प्रहरीको नियन्त्रणमा छन् ।घटनाबारे बाँकी अनुसन्धान हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय