ईलाका प्रहरी कार्यालय पशुपतिनगर प्रहरीले  लागू औषध wincirex, सहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ४ घर भई जिल्ला मकवानपुर हेटौडा उप—महानगरपालिका ४ डेरा गरी बस्ने बर्ष ३३ को मान बहादुर थोकर र उक्त लागु औषध ओसार पोसारमा संलग्न जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका ४ बस्ने बर्ष ४५ को सेते लामा रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको कमाण्डमा खटिएको चेकिङ टोलीले मकवानपुर, जिल्लाको हेटौडा उप—महानगरपालिका वडा नं. १५ पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा रक्सौल तर्फबाट काठमाण्डौतर्फ जँदै गरेको ना ३ ख ६४६६ नं. को डिजेल लोड रहेको ट्याङकरलाई रोकी चेकजाच“ गर्ने क्रममा उक्त ट्याङकरको तेल निकाल्ने लकिङ बक्समा लुकाई छिपाई ल्याएको लागु औषध wincirex को १५५ वटा बोतल फेला परेको हो ।

लागु औषध सहित ट्याङकर चालकलाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाले बताउनु भयो ।कोरोना महामारीले देशमा लकडाउन रहेको बेला लागु औषध ओसार पोसार गर्नेहरुले तेल टयाङकरलाई तस्करीको माध्यम बनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय