सिरहा : संसारभर महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित गरिब , दलित तथा बिपन्नलाई सिरहाको सुखिपुर नगरपालिका राहत वितरण कार्य निकै ढिलाइ र बेवास्ता गरिएको बिरोधमा नगरवासीले नगरपालिकाका मेयर प्रति शान्तिपुर्ण बिरोध प्रदर्शन गरेका छन ।


शान्तिपुर्ण बिरोध प्रदर्शनमा विद्यार्थी नेता प्रबिन लाल दासले फेसबुक लाईभ गर्दा सुखिपुर नगरपालिका ओभरसियर अनिल दास नगर प्रहरीका प्रमुख सन्तोष यादव द्धारा मोबाइल खोसिएपछि शान्तिपुर्ण बिरोध प्रदर्शन उग्ररूप लिएको थियो ।सुखिपुर नगरपलिकाका भवनका झ्यालको सिसा फुटाईएको छ ।


प्रहरी र प्रदर्शनकारी बिच झडप र ढुंगामुढा समेत भएको छ । विरोध पश्चात नगरपालिका मेयर राम अवतार यादवले कर्मचारी अभावका कारण राहत वितरण कार्यमा ढिलाइ भएको बताउनुभएको छ ।

अबको एक हप्ता भित्र नगरपलिका सबै वडा हरू मा राहत सामाग्री वितरण गरिने मेयर यादवले प्रतिबद्धता समेत गर्नुभयो र आफ्नो कर्मचारीले विद्यार्थी नेता प्रबिन लाल दासको मोबाइल खोसेर दुव्र्यवहार गरेको भन्दै क्षमा मागेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय