रौतहट – शुक्रवार राति आएको भीषण हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर भत्किँदा एकजना हवल्दारसहित ४ जना प्रहरी घाइते भएका छन् ।

भारतीय सीमानासंगै जोडिएको बोर्डर आउट पोष्ट बंकुलस्थित सशस्त्र बस्ने घर भत्किँदा एकजना हवलदार सहीत ४ जना प्रहरी घाइते भएका हुन्

असिना र पानी परिरहेको बेला प्रहरीहरु आफ्नै कोठामा बसिरहेका थिए । एक्कासि आएको हुरीले घर भत्काँउदा सशस्त्र प्रहरी हवलदार जंगबहादुर दराई, प्रहरी जवानहरु धिरेन्द्र साह कलवार, बिरेन्द्र साह कानु र प्रथलाल श्रेष्ठलाई चोटपटक लागेर घाइते भएको बिओपीका ईन्चार्ज प्रहरी निरिक्षक दिपनरसिंह राईले बताएका छन् ।

घाइतेहरुको बंकुलस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य हुँदैगएको निरिक्षक राईले जानकारी दिए ।बंकुलस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोष्टको कार्यालय स्थापना देखि नै खपडा र कर्कटको छाना रहेको कच्ची घरमा बस्दै आएका छन् । 

बजेटको अभावमा लामो समयदेखि उक्त घरको मर्मत नहुँदा  हावाहुरीले  भत्किएको स्थानीय पत्रकार आदर्श उपाध्यायले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय