प्रदेश १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिह गाउपालिकामा रहेको खतिजन कुव्रा नामक मस्जीदमा १० जना भारतिय मुलका बंगालीहरु आश्रय लिएर बसेको फेला परेका छन ।

नेपाल मुस्लीम संघ प्रदेश एकका सभापती हाजी इसराइल मन्सुरीका अनुसार इज्तेमामा सहभागी हुन आएका १० जना जमातीहरु भारतको पश्चिम बंगाल राज्यको पश्चिम मधनीपुर कलकता नजिक स्थायी ठेगाना भएका भारतिय नागरिकहरु मस्जीदमा फेला परेको बताए ।

सामाजिक अभियन्ता समेत रहेका मन्सुरीका अनुसार वर्ष ४२ का अब्दुल शेख, वर्ष ३५ की साहिदा बिबि, वर्ष ४२ का सवुल, वर्ष ४० की मुसानेहा, वर्ष ५५ का हजेयामुद्दिन, वर्ष ५० की अलिया बिबि, वर्ष ५० का खुटुवुद्दिन, वर्ष ४५ की साजेदा बिबि, वर्ष ४० का अफाजुल र वर्ष ३२ की अरजुमन बिबि रहेका छन ।

सभापती मन्सुरीले भने उनीहरु सग सोधपुछ गर्दा उनीहरुले श्रीमान श्रीमती रहेको बताउदै सप्तरीमा भएको धार्मिकसभा इज्तेमामा सहभागी हुन आएका जमातीहरु सभा सकिएपछि इनरुवाका विभिन्न मस्जीदमा बस्दै आएका रहेछन ।

लकडाउन सुरु भएपछि भोक्राहा नरसिह गाउपालिका ५ टपरामा रहेको खतिजन कुव्रामा रहेको मस्जीदमा आश्रय लिदै आएको जानकारी पाएपछि स्वास्थ्यकर्मीहरुको टोलीसहितले आवश्यक स्वास्थ्य परिक्षण गरि सुरक्षित रुपमा क्वारेन्टाईन सरह बस्न लगाई आवश्यक खाद्यन्न दिएर एकजना कुरुवाको जिम्मा लगाईएको मन्सुरीले बताए ।

उनीहरुलाई कोरोना भाइरसको सक्रमण फैलिने क्रममा रहेकाले मस्जीदबाट बाहिर नजान र सरकारले बताएको नियम पालना गर्न अनिवार्य रहेको जानकारी गराई क्वारेन्टाइन सरह बस्न लगाईको मन्सुरीले जानकारी दिएका छन ।

लकडाउनपछि १ नम्बर प्रदेशको सुनसरी , मोरंग र उदयपुरका बिभिन्न स्थानमा आश्रय लिएर बस्दै आएका भारतीय, पाकिस्तानी नागरिकहरु फेला पर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय