जनकपुरधाम, १ बैशाख । कोरोना भाइरस(कोभिड–१९) को संक्रमित नेपालमा देखा परेपछि सरकारले उच्च सर्तकता अपनाउँदै लगाएको लकडाउनको उल्लघंन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको छ । लक डाउन सुरु भएदेखिको २० दिनमा धनुषामा लकडाउन उल्लघंन गर्ने ७१९ वटा सवारीसाधन धनुषा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्ष (डिएसपी) रामेश्वर कार्कीले कोरोना भाइरसलाई नियन्त्रण गर्न चैत ११ गतेदेखि आह्वान गरेको लकडाउन अटेर गर्ने धनुषाको विभिन्न स्थानबाट ७१९ वटा सवारी साधनसँगै १८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयाे । उहाँले १८ जनालाई नियन्त्रणमा लिएको र जसमध्ये १६ जनामाथि कारवाही प्रक्रिया सुरु गरिसकेको पनि बताउनुभयाे ।

सरकारले अतिआवश्यक बाहेक अन्य सवारी साधन तथा व्यक्तिहरुलाई घरभित्रै बस्न आह्वन गर्दै हिडडुल गरी अटेर गरे कारवाही गर्ने चेतावनी समेत दिएको थियो । प्रहरी नायव उपरिक्षक कार्कीले लकडाउन भनेको घर भित्रै बस्नका लागि भएकोले सडकमा रमिता हेर्न निस्किएका व्यक्तिहरुलाई पक्राउ गरिएकाे जानकारी दिनुभएकाे छ ।

सीमा नाकाहरुमा निगरानी गर्न प्रहरी परिचालन समेत गरिएको उहाँले बताउनुभयाे । उहाँले लकडाउन कार्यान्वयन र सरकारको निर्णय पालना गर्न सर्वसाधारणलाई अनुरोध पनि गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय