जनकपुरधाम , चैत १२ गते । दुबईबाट फर्केपछि कोरोना संक्रमणको आशंका गरिएका एक बिरामीलाई काठमाडौं रेफर गरिएको छ ।

चारदिन अघि मात्र दुबईबाट फर्किएका सिरहाका औरही गाउँपालिकाका ४० वर्षीय पुरुषलाई ज्वरो आएपछि कोरोना संक्रमणको शंका गरिएको छ । उनलाई मंगलबार दिउँसो जनकपुरको प्रादेशिक अस्पताल ल्याइएको थियो ।

चिकित्सकले यहाँ कोरोनाको चेकजाँच तथा उपचार उपकरण तथा साधन नभएको भन्दै काठमाडौं रेफर गरेको प्रादेशिक अस्पताल जनकपुरका इमरजेन्सी वार्ड इन्चार्ज गोपला साहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय