४ चैत्र, रामेछाप ।
दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानको विरुद्ध दोरम्बा बजारका स्थानीयले मुद्दा दायर गरेका छन् ।

दोरम्बा बजारलाई व्यवस्थित गर्न गाउँपालिकाले गुरु योजना निर्माण गरेर बजारवासीलाई घर टहरा खाली गर्न ३५ दिने सूचना जारी भएपछि सार्वजनिक प्रति जग्गामा बसोबास गर्दै आएका करिब ६१ घरधुरीले गाउँपालिकाका अध्यक्ष मोक्तान, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मी र दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खडग बहादुर श्रेष्ठलाई प्रतिपक्ष बनाएर मुद्दा दर्ता गराएका हुन् ।


गाउँपालिकाले बजारलाई व्यवस्थित गर्न र बजारवासीको व्यवस्थापन गर्न घर टहरा भत्काएर नयाँ बजार स्थापना गर्नको लागि गत माघ २० गते सार्वजनिक सूचना जारी गरेको थियो । तर सूचनाको म्याद सकिन तीन दिन बाँकी रहदा फागुन २३ गते बजारवासीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका छन् ।
दोरम्बा बजारका स्थानीय मिन बहादुर घिसिङको नेतृत्वमा उच्च अदालतमा मुद्दा दायर भएसँगै प्रारम्भिक सुनुवाई सुरु भएको छ ।

सुनुवाईमा दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बजारलाई व्यवस्थित गराउनको लागि घर टहरा खाली गराउन जारी गरेको सूचना जायज भएकाले बताउनुभएको थियो । उहाँले सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम बढेपछि गाउँपालिकाले बजारलाई व्यवस्था गरेर बजारवासीलाई पनि व्यवस्थापन गर्ने उदेश्यसहित अगाडि बढेको जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय