बिरगंज ।

बिरगंज महानगर पालिकाले अबदेखी बिरगंज नगर भित्र जथाभावी ध्वनी प्रदुषण गर्ने माथी रोक लगाउने निर्णय गरेको छ ।मंगलवार बिरगंज महानगर पालिकाको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो।बिरगंज महानगर पालिकाको मेयर बिजय सरावगीको अध्यक्षतामा बसेको बैठकले कुनै पनि पार्टी प्यालेस , होटल , बिवाह समारोह , सार्वजनिक स्थल र सडकहरुमा डिजे चर्को आवाजमा बजाउन नपाउने , महानगर भित्र सन्चालित डिजेहरुले दर्ता गर्नु पर्ने , राती १० बजे पछी र बिहान ६ बजे सम्म कुनै किसिमको ध्वनी प्रदुषण गर्न नपाउने , पसलहरुमा ठुलो स्वरमा म्युजिक बजाउन नपाईने , कुनै पनि कार्यक्रममा लाउडस्पिकरको प्रयोग गर्नु पर्ने भएमा महानगरको पुर्व स्विकृति लिनु पर्ने निर्णय गरेको हो।यसको लागी २-४ दिन विभिन्न पार्टी प्यालेस र डिजेहरुलाई जानकारी गराउने र अटेर गर्नेलाई कानुनी कार्वाही गर्ने समेत मेयरले जानकारी गराउनु भयो।त्यस्तै अहिले बिश्वमा फैलिएको कोरोना ovid -19 को बारेमा सबै नगरवासीहरु र see चैत्र ६ गते देखि सुरु हुने हुदा त्यसलाई मध्य नजर गर्दै बिद्यार्थीहरुको लागी हात धुने साबुन , पानीको व्यवस्था गर्ने , नगर भित्र लामखुट्टे बढदै गैइ रहेकोले त्यसलाई नियन्त्रण गर्न औसधि छर्ने , नगरभित्रका सम्पुर्ण नाला सरसफाइ गर्ने र फोहोर व्यवस्थापन गर्ने पनि निर्णय गरेको थियो ।सो बैठकमा पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्त , बिरगंज महानगर पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अरुण कुमार महतो , अधिकृत बिकाश कुमार मिश्र, खाद्य अधिकृत बिपिन कुमार लाल दास , उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य धिरज शर्मा , नगर अध्यक्ष अजित कुमार भुजेल , नेपाल पत्रकार महासघ पर्साका श्याम बन्जरा , नेकपा नगर अध्यक्ष रहबर अन्सारी , समाजवादी पार्टीका नगर अध्यक्ष ईस्वरचन्द्र यादव , राजपाका नगर अध्यक्ष लियाकत अलि , राजनैतिक सल्लाहकार मुकेश दिवेदी , बि.म. पा.का सल्लाहकार गोबिन्द देवकोटा , स्वास्थ्य शाखाका सज्जन कुमार अग्रवाल , वडा न.१३ का वडा अध्यक्ष तुफान अन्सारी लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय