दिल्ली– कोरोना भाइरसको विश्वभर महामारी फैलिरहेको अवस्थामा वैज्ञानिक एवं चिकित्सकहरु यसविरुद्ध खोपको विकास गर्न लागिपरिरहेका छन् ।

वैज्ञानिकहरु दिन रात नभनी करोडौं लगानीमा खोपको विकास गरिरहेका बेला भारतमा भने कोरोना भाइरसबाट बच्नका लागि गरिएको अचम्मको घटना सार्वजनिक भएको छ ।

भारतमा कोरोनाबाट बच्नका लागि गौमूत्र(गाईको पिसाब वा गौत) सेवन कार्यक्रम नै आयोजना गरिएको छ । गौमूत्रको सेवनबाट कोरोनाबाट बच्न सकिने दाबी गर्दै भारतको विश्व हिन्दू महासभाले गौमूत्र सेवन कार्यक्रम नै आयोजना गरेको हो ।

शनिबार राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको गौमूत्र सेवन कार्यक्रममा ठूलो संख्यामा मानिसहरुको उपस्थिती थियो । मानिसहरुले कुनै आपत्ति नजनाइकन गौमूत्र सेवन गरे । यो समारोहमा भारतका राजनीतिक नेताहरुको समेत सहभागिता थियो ।

गौमूत्र र गाईको गोबरले कोरोना भाइरस रोक्न सकिने अफवाह फैलिरहेको अवस्थामा विश्व हिन्दू महासभाले गौमूत्र सेवन कार्यक्रम आयोजना गरेको हो । पूर्वीय धर्म दर्शन तथा आयुर्वेदमा गौमूत्र र गोबरको औषधीय गुण रहेको मान्यता रहिआएको छ ।

भारतमा मात्र नभई विश्वका विभिन्न मुलुकमा यस्तै किसिमका परम्परागत विधिले कोरोना भाइरस रोक्न सकिने वा यसको उपचार हुने मान्यता रहँदै आएको छ । तर, वैज्ञानिकहरुले यस्ता परम्परागत उपचार विधिले कोरोना भाइरस निको पनि नहुने र रोकथाम पनि नहुने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय