काठमाडौं : २०७२ वैशाख १२ को भूकम्पले भत्काएको धरहरा निर्माणको काम धमाधम भइरहेको छ।  

भूकम्प गएको चार वर्षपछि धरहरा पुननिर्माणको कामले तिब्रता पाएको हो। निर्माणको जिम्मा जिआइइटिसी–रमन जेभीले लिएको छ। जमिनमुनीको काम सकिएसँगै धरहरा निर्माणको काम देखिनेगरी भइराखेको छ। अहिले धरहराको ९ तला निर्माणको काम भइरहेको छ। 

२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनको देखिने छ। प्राधिकरणका अनुसार बाहिरदेखि हेर्दा ११ तलाको हुने धरहरा २२ तलाको हुनेछ। 

धरहरा पुनःनिर्माण २०७७ असोज भित्र सक्ने तयारी छ। ९ तलाको काम हुँदै गर्दा ३३ प्रतिशत काम सकिएको छ। अहिलेसम्म ८५ करोड बढी खर्च भइसकेको छ। धरहरा निर्माणको लागत तीन अर्ब ४८ करोड अनुमान गरिएको छ। पुनःनिर्माणका लागि सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

पुरानो भन्दा फरक हुने नयाँ धरहरामा  दुई लिफ्ट पनि हुनेछ। धरहरा चढ्नका निम्ति लिफ्ट र परम्परागत भर्याङ दुवै प्रयोगमा ल्याइने छ। काठमाडौं महानगरपालिकाले धरहरा पुनःनिर्माणलाई विशेष महत्व दिएको छ। 

१९९० सालको भूकम्पले ११ तलाको धरहरा भत्काएपछि ९ तलामा सीमित थियो। त्यो ९ तला २०७२ को भूकम्पले भत्काएपछि अहिले पुनर्निर्माणको काम अगाडि बढाइएको हो।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय