१ चैत, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पोखराका बजारमा छड्के अनुगमन गरेका छन् । उनले ग्राहकको भेषमा पसल र डिपार्टमेन्टल स्टोरको निरीक्षण गरे ।

शुक्रबार साँझ निलो डाउन ज्याकेट, कालो पाइन्ट र स्पोर्ट जुत्ता लगाएर उनी छड्के अनुगमनका लागि निस्किएका थिए । डिपार्टमेन्टल स्टोरमा छिरेर उनले सामानको उपलब्धता, सामानको मूल्य, उत्पादन मिति र उपभोग्य मितिबारे जिज्ञासा राखेका थिए ।

एउटा डिपार्टमेन्टल स्टोरमा छिरेर मन्त्री भट्टले एक किलो चिनी र एक किलो नुन माग्छन् । नुनको मूल्य सोध्दा डिमार्टमेन्टल सञ्चालक महिलाले एक प्याकेटको २५ रुपैयाँ बताउँछिन् ।

त्यसपछि मन्त्री भट्टले साल्ट ट्रेडिङले तोकेको मूल्य २० रुपैयाँ हो तर पाँच रुपैयाँ बढी लिएर उपभोक्ता किन ठगेको भन्छन् । जवाफमा ती महिलाले आफूले खरिद गरेर ल्याउने ठाउँबाटै यस्तै आउने गरेको बताएपछि मन्त्री भट्टले खरिद गर्ने ठाउँको फोन नम्बर मागेको एक भिडियोमा देखिन्छ ।

प्रचण्डको स्वास्थमा समस्या, कोरोना संक्रमणको आशंका

मन्त्री भट्टको सचिवालयका एक सदस्यका अनुसार बढी मूल्य लिइएकोबारे नोट बनाएर आवश्यक कारबाही गर्न सचिव बैकुण्ठ अर्याललाई निर्देशन दिइएको छ ।

पोखराका बजारमा अनुगमन गर्दा मास्क र स्यानिटाइजरको अभाव छिटफूट भए पनि खाद्यान्नमा कुनै समस्या नरहेको पाइएको मन्त्री भट्टको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय