प्रदेश २

प्रचण्डको स्वास्थमा समस्या, कोरोना संक्रमणको आशंका

By हाम्रो जनकपुर डेस्क

March 14, 2020

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वास्थमा समस्या देखिएपछि निवासमै आराम गरिरहेका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डलाई केही दिनदेखि रुघाखोकीले सताएको छ । विश्वभर कोरोना भाइरस (कोभिड – १९) को महामारी फैलिएको बेलामा कोरोना संक्रमण हुन सक्ने सम्भावना रहेको भन्दै चिकित्सकले आराम गर्न र भेटघाट नगर्न सुझाव दिएपछि उनी आराम गरिरहेका छन् ।

जनकपुर काेराेना सङ्क्रमण बिमानस्थलमा ‘हेल्प डेस्क’ सञ्चालन !

‘सामन्य रुघाखोकी हो, अध्यक्ष अहिले आराम गरिरहनु भएको छ । त्यसकारण केहि दिनका लागि भेटघाट बन्द गरिएको छ ।’ सचिवालयले जानकारी दियो । कोरोना संक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको सचिवालयले जनाएको छ ।