महोत्तरी : महोत्तरीमा एक वृद्धमाथि गोली प्रहार भएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय सौर्य प्रसाद यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेका हुन् ।

गोली प्रहारबाट यादव घाइते भएका छन् । उनको उपचार जनकपुरस्थित जानकी हेल्थ केयरमा भइरहेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीमाथि उनको घरबाहिर अज्ञात समूहले गोली हानेको महोत्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

गोली कसले र किन प्रहार गर्यो भन्ने खुल्न नसकेको डीएसपी बुढाथोकीले जानकारी दिए । उनले यसबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय