काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सम्पत्तिबारे प्रश्न गरेका छन् ।

डा. भट्टराईले जागिर तथा अन्य आम्दानीको स्रोत नभएका ओलीको सम्पत्ति ह्वात्तै बढ्नु र राजधानीमै महलहरू ठडिनु संकास्पद भएको बताएका छन् ।

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका बिषयमा मात्र प्रश्न उठाएका छैनन् उनिलगायत सम्पूर्ण पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।

डा. भट्टराईले भने, ‘गाउँमा सानो झुप्रो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’ उनले अगाडि भने, ‘म लगायत हामी सबै हिजो त साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिँडेका थियौँ । आज हामी कसरी सुटेड बुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिँडिरहेका छौँ ? कसरी हाम्रा महल छन् ?’ डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न समेत गरे ।

प्रधानमन्त्रीको तेह्रथुमको बुकुरो भन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको उल्लेख गर्दै उनले भने, ‘सम्मानिय प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा खेरी मेरो गोरखामा घर त्यो भन्दा राम्रो छ । त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्योँ ?’ अहिले देखिएको दृश्य कमाइले कसैको पनि काठमाडौमा महल बनाउने हैसियत नपुग्ने दावी गर्दै उनले भने ‘म अलिकति गणितमा चासो राख्ने मान्छे पनि हुँ । अर्थमन्त्री पनि भइटोपलेको मान्छे । मैले जति लाख प्रयन्त गर्दा पनि हाम्रो कमाईले, हाम्रो जुन देखिएको दृश्य कमाइले त्यो बुकुरो कमाइले यहाँ काठमाडौंमा महल बनाउन पुग्दैन यसको छानबिन गरौँ । त्यसका लागि म सबैसँग आग्रह गर्न चाहान्छु ।’

सम्पत्ति छानविनको बिषय नेकपाको केन्द्रीय कमिटि बैठकमै पनि चर्को रूपमा उठेको थियो । कम्युनिस्ट नेताहरू अलिसान महलमा बस्ने, चिल्ला गाडी चड्ने गरेको आरोप पहिले ओअनी लाग्ने गरेको छ । तर सम्पत्ति छानबिनको कुरा भने अहिले चर्किन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय