धनुषा, फागुन १३ गते ।
सिरहा प्रहरीले अवैध सुनसहित २ जनालाई गिरफतार गरेको छ । सिरहाको लहान नगरपालिक – १९ छर्रापट्टी बस्ने २४ वर्षीय मोहम्मद मोतिउल रहमान र सोही ठाउँका २१ वर्षीय मोहम्मद मुर्तुजालाइ अवैध १५ लाखको सुनसहित गिरफतार गरेका हुन् । मंगलबार विहान ८ बजे सिरहाको लहान नगरपालिका–१९ छर्रापट्टीस्थित गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटेको सादा पोसाकको प्रहरी गस्ती टोलीले उनीहरुलाई गिरफतार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।
को.३८प. २६३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा अवैध ४ वटा सुुनको सिक्री, चेप्टो टुक्रा गोलो बनाई लुकाईछिपाई राखेको सुन २३३ ग्राम अन्दाजी रु.१५ लाख ५८ हजार ७९ रुपैयाँ बराबरको सुन र मोटरसाइकल सहित गिरफतार गरेको डिएसपी घिमिरेले बताए । गिरफतार परेको दुबै जनालाई इलाका प्रहरी कार्यालय लहानमाबाट जिल्ला भन्सार कार्यालय ठाडी सिरहामा बुझाईएको डिएसपी घिमिरेले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय