हाम्रो जनकपुर डेस्क

नरेन्द्र महतो गौशाला ११ फाल्गुन ।

पत्रकारको हाथमा कलम पत्रकारलाई देशको चौथो अंगमा स्थापित गरेको छ ।

देश तथा समाजमा घटेको घटनालाई सत्य तथ्य केलाएर देशको अगाडि ल्याउने कार्य पत्रकारहरुले गर्दै आईरहेका छन र नैतिकको जिम्मेवारि पनि हो पत्रकार देशको प्रतिविम्म हो । आफ्नो ज्यानको प्रवाह नगरी समाचार प्रकासित देखि प्रसारण सम्म गर्ने गरिन्छ ।

देशको परिवर्तनको लागि मुख्य भुमिका पत्रकारहरुले नै निर्वाह गरेको हुन्छ यति मात्र होईन सरकारले गरेको राम्रो तथा नराम्रो कार्यलाई जनता समक्ष पुरयाउने काम पनि गरेको हुन्छ तर पनि सरकारले हरेक तर्फ बाट पत्रकारलाई अन्देखि गरेको हुन्छ ।

पत्रकार सधैं अरुको वारेमा लेख्ने गर्छन आफुलाई जति दुःख कष्ट तथा पीडा भए पनि आफ्नो वारेमा लेखिदैन, जसरी कि आमा बावुलाई जति दुँस्ख भए पनि बालबच्चालाई दुःख दिन चाहनु हुँदैन ।

तर पत्रकारलाई राज्यको तर्फ जिवन वीमाको सुविधा दिएको छैन, राम्रो व्यवस्था गरेको छैन, समानमा पनि कन्जुसाई गरेको हुन्छ यहाँ सम्म कि मुख हात जोडने स्थिति नबनाएको कारण स्थानिय पत्रकारहरुको जीवन कष्टकर बन्दै गईरहे पछि पेशा बाट टाढि रहेका छन तर सरकारले उहाँहरुको वारेमा केही सोच्नु भएको छैन ।

आफुहरुलाई एक रुपयाँको आम्दानि नभए पनि देश र समाजको लागि खोजि खोजि खबर ल्याउने गरेर सम्बन्धित निकायलाई जानकारि गराईरहेको छ र जुन कमि कमजोर रहेको हुन्छ त्यसलाई सरोकार वालाले निकायले उचित समयमा कदम चालेर कार्य पूरा गर्ने गरिन्छ तर यो सबै गरे पनि स्थानिय पत्रकारको बारेमा नबोल्नु सम्बन्धित निकायको ठुलो भुल रहेको हुन्छ तर एक्कै देशमा दुई वटा कानुन रहेको छ जस अनुसार देशका सेना, प्रहरी प्रशासन प्रधानमंत्रि देखि ठुल ठुला ओहदाका नेताहरुलाई अंगरक्षक दिने गरिन्छ, सुरक्षाको लागि चाकु, गोला वारुद बन्दुक लगायत अरु विभिन्न खालका हाथ हथियार दिने गरिन्छ तर पत्रकारलाई के दिएको छ र पत्रकार पनि सेना नै हुन दुवैको उदेशय एउटै हुन्छ देश र जनतालाई रक्षा गर्नु तर सेनालाई हथियार पत्रकारलाई कलम छ तसर्थ हथियार भन्दा कलम जहिले पनि शक्तिशालि हुन्छ भने सरकारलाई बुझ्नु जरुरी छ ।

हाम्रा पत्रकार मित्रहरुलाई राज्यले केहि दिएको छैन तर पनि देश र जनतको लागि आफ्नो गोजि बाट १० रु. को कलम र सादा कागज लिएर पत्रकारिता गरि कलमका तागतले गल्त गरेकाहरुलाई कटघरा सम्म पुरयाईदिन्छ, देश र समाजको अगाडि नगंयाई दिन्छ तर सरकारले उहाँहरुलाई आज सम्म केही दिएका छैन ।

आफ्नो पैसाले कागज र कलम खरीद गरेका हुन्छ । तर धेरै पत्रकार सितैमा समाज र देशको सेवा गर्दै गरेका छन । जति दुःख कष्ट भए पनि सहेर पत्रकारिता गर्दै गरेका छन ।

स्थानिय तहको पत्रकारलाई स्थानिय निकायलाई सेवा सुविधा दिए उचित हुने थियो किन कि उहाँहरु सब भन्दा वढि स्थानिय मुदाहरुलाई प्राथमिकता दिने गरिन्छ । पत्रकार स्थानिय सरकारको अईना हुन,स्थानिय सरकारले जति विकासका डंका पिटे पनि पत्रकारहरुले कलम नचलाएको भए कसैलाई केही थाहा हुने थिएन होला तसर्थ त्यसैले सोचौ र गरौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय