दोलखा– दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । शिवरात्रि मनाउँने क्रममा सडकमा डोरी टाँगेर पैसा उठाइरहेका बालकलाई बसले ठक्कर दिएको हो ।

दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का बालक पुजन थामीको मृत्यु भएको हो ।

थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय