कोरोना भाइरका कारण सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ। हिजो बनाएको रेकर्डलाई तोडदै सुन प्रतितोला ७७ हजार १ सयमा पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

हिजो एक तोला सुन किन्न ७६ हजार ७ सय तिरे पुग्थ्यो। तर, आज एक तोला सुन किन्न ७७ हजार १ सयमा तिर्नुपर्ने भएको छ।प्रतितोला ७६ हजार ७ सयमा कारोबार हुँदै आएको एक दिनमै ४ सयले बढेर ७७ हजार १ सय पुगेको हो ।

कोरोना भाइरसको क्रासका कारण सुनको भाउ अहिलेसम्मकै उच्च मूल्यमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।

‘सबैतिर कोरोना भाइरसको त्रासका कारण सुनमा लगानी गर्न पुगेका छन,’ उनले भने, ‘अन्य क्षेत्रमा लागानी गर्नुभन्दा सुन खरिद गर्नु बढी सुरक्षित ठानिएकाले मूल्य बढेको हो।’ युरोप, अमेरिका, एशिया सबैतिर विश्व बजारदेखि स्थानीय बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय