बारा १४ असोज।
युवा बिद्यार्थी संघर्ष समिति प्रदेश नं.२ को आयोजनमा बृहत रक्तदान कार्यक्रम श्री कंकाली उच्च माध्यमिक विद्यालयमा युवा बिद्यार्थी संघर्ष समिति प्रदेश न: २ का उपाध्यक्ष सनी गुप्ताको अध्यक्षतामा सम्पन्न भएको छ।


नेपाल रेडक्रोस पर्साको सहकार्यमा सञ्चालन भएको कार्यक्रममा रक्तदाता २३ जना मध्ये १ जना महिला, १ जना इ.प्र.काको जवान, २१ जना मध्ये आस्थानिय बासी र संगठनका सदस्यहरूले रक्तदान गरेका थिए । सशस्त्र प्रहरी बल बाट रक्तदान नगरे पनि उपस्तिथ भै संगठनको आत्म बल बढाउनु भएको थियो ।


ब्लड बैंक रेडक्रोस पर्साका उपमंत्री साबिर अहमद एराज र VCN बाराका जिल्ला संजोजक रंजित कुशवाहाले दिएर कार्यक्रमको उदघाटन गर्नुभयो। उक्त कार्यक्रममा रेडक्रोसका उदयराज शर्मा,धीरेन्द्र झाको प्रबिधिक टोली पनि उपस्तिथि रहेको थियो।
रक्तदान गर्नेमा शेख मोतिम, अजित कुमार, संतोष कुमार, मेवलाल प्रसाद, शनि कुमार गुप्ता, अर्बिन्द प्र.यादव, शान्ति देवि लगायत २३ जनाले रक्तदान गरेका छन्।


रक्तदान कार्यक्रम लाइ सफल पार्न डा. अजय कुशवाहा, रंजित कुशवाहा र सुनिल कुशवाहाले सफल भएको युवा बिद्यार्थी संघर्ष समिति प्रदेश न:२ का उपाध्यक्ष सन्नी गुप्ताले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय