प्रदेश

गौशाला प्राविधिकका करौडौको भवन अलपत्र

By हाम्रो जनकपुर डेस्क

February 21, 2023

गणेश कुमार सिंह कुशवाहा,फागुन ०९ गते । गौशाला नगरपालिकाको श्रोतमा निर्माण भएको भवन अलपत्र परेका छन् ।

गौशाला नगरपालिका वडा नं.१२ स्थित रहेको गौशाला प्राविधिक शिक्षालयको नवनिर्मित करिब ४ करोड को लागत निर्माण भएको भवन अलपत्र अवस्थामा रहेका छन् ।

उक्त भवनको सूचना पाटी अनुसार गौशाला प्राविधिक शिक्षालयको (आयुर्वेद शिक्षालय भवन) निर्माणको जिम्मा हनुमान ,श्री गणेश जे.भी.कम्पनीले ठेक्का प्राप्त गरेको थियो ।

३ करोड ८७ लाख ९० हजार १ सय ७१ रुपैया ३० पैसाको लागतमा आयुर्वेद शिक्षालय भवनको निर्माणका लागि सम्झौता भएका थियो । उक्त सम्झौता अनुसार २०७८ असार ०३ गते हनुमान ,श्री गणेश जे.भी.कम्पनीले पाएका थिए ।

उक्त सम्झौता अनुसार मिति २०७९ असोज ०३ गते सम्म निर्माण कार्य सम्पन्न गने भए ता पनि अहिले सम्म पूर्ण रुपमा निर्माण कार्य सम्पन्न नभई अपूरा रुपमै राखी अलपत्र अवस्था रहेको छ ।

१५ महिना बितिसक्दा पनि गौशाला प्राविधिक शिक्षालय निर्माण कार्य सम्पन्न भएको छैनन् । गौशाला नगरपालिका यस भवन प्रती कुनै चासो नलिएको देखिन्छ । नत ठेक्का लिने कम्पनी नत भवन निर्माण गराउन बनाएको व्यवस्थापन समिति नत जनप्रतिनिधिले लिएको छ, सबै जना मुख दर्शक भएर बसिरहेका छन् ।

जनताले तिरेको करबाट करिब चार करोडको लागतमा निर्माण गर्न ठेक्का पाएका कम्पनीले १५ महिना भईसक्दा पनि पुर्ण रुपमा निर्माण गर्न सकेको छैनन् ।

यता गौशाला प्राविधिक शिक्षालयको आफ्नो पठनपाठन र प्रयोगात्मक गर्ने भवन नभए पछि पठनपाठन समस्या भएको विद्यार्थीले समेत गुनासो गर्न थालेको छ । तर यस विषयमा नगरपालिका र जनप्रतिनिधिले कुनै किसिमको पहल नगरिदिएको विद्यार्थी आरोप लगाएको छ ।