तिलोत्तमा । लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा भएको आन्दोलनका क्रममा स्कुटर जलाउने चार जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ व २४७० नम्बरको स्कुटर जलाई (अपराधिक उपद्रव) गरेको भन्दै सन्दिप पाण्डेय लगायत ४ जनाविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका ११ का भेषराज पोख्रेल र रोशन थापा, तिलोत्तमा नगरपालिका २ का सन्दिप पाण्डेय र गुल्मीका सुरज क्षेत्रीविरुद्ध मुद्दा दायर भएको छ ।
राजधानी सार्ने विषयलाई लिएर असोज १६ गते भएको आन्दोलनका क्रममा नगरपालिकाको पुस्तक प्रकाशनको कामका लागि स्कुटर चढेर आएकी कर्मचारी शारदा भट्टराईलाई झारेर बुटवल ११, देवीनगर होराइजन चोकमा स्कुटर जलाइदिएका थिए । उनले डिकीबाट चाबी र झोला लुगा निकाल्छु भन्दा पनि नदिई आगो लगाएका थिए ।

त्यस्तै, असोज १९ गते रुपन्देहीको देवदह नगरपालिका ५ खैरेनीमा ड्युटीमा जाँदै गरेका महिला प्रहरी चढेको स्कुटर रोकी बिलबुक र लाइसेन्स माग्दै स्कुटर फुटाइदिने धम्की दिएका २ जनालाई पनि पक्राउ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय