• रबिन्द्र प्रजापति

हाम्रो जनकपुर / रौतहट । रौतहटमा एक बालिकालाई बलात्कार गरी हत्या गर्ने एक जना अभियुक्त पक्राउ परेका छन ।

जिल्लाको गढिमाइ नगरपालिका १ समनपुर टोलकी एक १४ वर्षिय बालिकालाई उखुखेतमा लगेर बजरजस्ती बलात्कार गरी हत्या गर्ने वृन्दावन नगरपालिका ४ हर्दिया पल्टुवाका रामदेव साह तेलीको ४५ वर्षिय छोरा चुनु साह तेली पक्राउ परेको प्रहरीले जनाएको छ ।
बालिकाको करणी पस्चात हत्या गरी फरार रहेका साहलाई गरुडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

२ नं प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट संयुक्त रुपमा खटेको प्रहरी टोलीले गरुडा नगरपालिका ४ स्थितबाट लुकीछिपी बसेको अवस्थामा अभियुक्त चुनु साह तेलीलाई पक्राउ गर्न सफल भएको हो ।
गत असोज १६ गते बेलुका ४ बजेको समयमा गढिमाई नगरपालिका १ मा घर भइ हाल वृन्दावन नगरपालिका ४ मा मामा घरमा सानै देखी बस्दै आएकी १४ वर्षिया बालिकालाई साहले ललाइ फकाइ गाउँको नजिकैमा रहेको उखुवारीमा लगेर बलात्कार गरेका थिए ।

गाइवस्तुको लागि खेतमा घाँस काटन गएको बेला सोही मौका छोपेर तेलीले उखुबारीमा बालिकाको मुख थुनेर बलात्कार गरी हत्या गरेर फरार भएका थिए ।
जबरजस्ती करणी गर्दा बालिकाले अरुलाई भनिदिने भनेपछि अन्य व्यक्तिले थाहा पाउने डरले साहले हातले घाँटी थिचेर बालिकाको हत्या गरेका थिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा मृतक बालिका अभियुक्त चुनु साह तेलीको छोरीको मिल्ने साथी रहेको र साहको घरमा बालिका पटक पटक आउने जाने गर्ने गरेकोले पहिले देखी नै बालिकाप्रति साहको हेर्ने दृष्टिकोण नराम्रो रहेको खुलेको हो ।

अभियुक्तले अपराध पनि स्वीकार गरिसकेको रौतहटका प्रहरी उपरीक्षक एसपी शिद्धि विक्रम साहले बताएका छन ।
प्रहरीले अभियुक्त साहलाई जिल्ला अदालत रौतहटबाट १५ दिनको म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय