• नरेन्द्र महताे

हाम्रो जनकपुर / गाैशाला । महाेत्तरीकाे सम्सी गाउँपालिकामा वुधवार पाँचाै गाउँ सभामा किर्ते हस्ताक्षर गराएर पास गरेकाे वडा न. ५ का वडा सदस्य विजय किसाेर यादवले संचालित” सिधा प्रश्न सिधा उत्तर कार्यक्रममा” संचारक्रमि नरेन्द्र महताे सँगकाे अन्तर्वतामा बताउनु भएकाे छ ।

हामिहरु सहमतिय प्रणालिकाे लागि अध्यक्ष शेख फारुकलाई पटक पटक अाग्रह गरे पनि मान्नु भएन ।

उक्त गाउँ सभामा ३९ मध्ये बाट २२ जना विपक्ष रहेकाेले कसरी गाउँसभा बहुमतले पास भएकाे यादवले जिकिर गरे।तपाँईले गाउँ सभाकाे वैठकमा सहि गर्नु भएकाे छ कि छैन प्रश्नकाे उत्तरमा – म गाउँ सभामा नगए पनि मेराे नाममा किर्ते सहि भएकाे यादवले प्रष्ट पारे।

वहुमतिय प्रणालिलाई किन्न मान्नु हुन्न भने प्रश्ननकाे उत्तरमा – तिन वर्ष देखि समहमतिय प्रणालिमा गाउँ सभा सम्पन्न भएकाेले यसपालि पनि सहमतिय प्रणालि बाट हुनु पर्छ मेराे भनाई थियाे तर अध्यक्षले त्यसाे हुन दिएन त्यसकाे मुख्य कारण एकल शासन गर्नु नै हाे।अव अगामि कदम के हुनेछ भने प्रश्नकाे उत्तरमा – किर्ते सहि गराएकाे कारण र संख्या अपुग भएकाे कारण हामिहरु सबै अदालत जान्छाै र अदालत बाट जे फैसला अाउँछ उसलाई समान गर्छु यादवले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय